स्याङजामा मालपोतका कर्मचारी,वडा सचिव र जुवाडेका सम्पर्कमा आएका सहित १२ जना संङ्क्रमित थपिए ।
स्याङजा :
स्याङजामा मालपोतका कर्मचारी,वडा सचिव र सङ्क्रमित जुवाडेका आफन्त सहित १२ जना संङ्क्रमित थपिएकाछन् । जसमा पाँच जना महिला र सात जना पुरुष रहेकाछन् ।
कन्ट्याक टे«सिङका क्रममा उनीहरुमा कोरोना संङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मालपोतका एक जना कर्मचारी र १९ जना जुवाडेमा कोरोना संङ्क्रमण पुष्टी भएको पछि मालपोत कार्यालयका अन्य कर्मचारी तथा जुवाडेको सम्पर्कमा आएकाहरुको कन्ट्याक टे«सिङ गरिएको थियो ।
जसमा मालपोत कार्यालय स्याङजाका चार जना कर्मचारी, पुतलीबजार नगरपालिकाका एक जना वडा सचिव तथा छ जना जुवाडेका सम्पर्कमा आएकाहरुमा कोरोना सङक्रमण पुष्टी भएको हो । एक जना भने बिदेशबाट आई क्वारेन्टीनमा बसेका व्यक्ति भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


