नेपालमा एकैदिन १५ सय ७३ कोरोना संक्रमित थपिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ भने आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।
पछिल्लाे २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। याेसँगै निकाे हुनेकाे संख्या ५३ हजार ८ ९८ पुगेकाे छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


