थप १३२५ जनामा कोरोना पुष्टि,थप १० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयाे।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १२२ पुगेको छ
यसैबीच, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ६ जना महिला र ४ जना पुरुष रहेका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


