पछिल्लो २४ घण्टामा १४५९ कोरोना संक्रमित थपिए,थप ११ जनाको मृत्यु

corona Gautam

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार ४५९ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको बताउनु भयाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।

यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ।

Facebook Comments Box
TOP