नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो ।

corona update

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयाे ।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ।

Facebook Comments Box
TOP