नेपालमा एकैदिन १४ सय ५४ कोरोना संक्रमित थपिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयाे ।
यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो। प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।
आज १० हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ। योसँगै नेपालमा ८ लाख २१ हजार १८६ पीसीआर परीक्षण भएको छ। त्यस्तै ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


