नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, आज थपिए १२४६

corona Gautam

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जना संक्रमित थपिएको बताउनु भयाे ।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजमर ८१८ जना कोरोना संक्रमित निको भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

Facebook Comments Box
TOP