पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु

corona Gautam

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ ।

बुधबार थप ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ जना महिला छन् ।

नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना रहेको छ ।

Facebook Comments Box
TOP