नेपालमा संक्रमितको संख्या ४८ हजार नाघ्यो,थप ६ जनाको मृत्यु ।

corona Gautam

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।

यसैगरी मंगलवार ६ जनाको संक्रमणका कारण निधन भएको छ। हालसम्म निधन हुनेको संख्या ३ सय ६ पुगेको छ। सोमवार ११ जनाको मृत्यु भएको थियो। ९ सय ७९ जना हिजो संक्रमित थपिएका थिए।

Facebook Comments Box
TOP