नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो,थप नाैं जनाकाे ज्यान गयाे ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयाे ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ हजार ५६६ जना निको भएका छन्। आजसम्म निको हुनेको संख्या २७ हजार १२७ रहेको छ।
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिनुभयाे । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


