पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित, १४ जनाको मृत्यु ।

corona Gautam

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो ।

२४ घन्टामा १३ सय ५४ भएको निको भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

Facebook Comments Box
TOP