कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो ।

corona Gautam

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको बताउनु भयाे ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ।

Facebook Comments Box
TOP