२४ घण्टामा थपिए १४ सय ९७ संक्रमित,थप १७ जनाकाे मृत्यु ।
गएकाे २४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिनु भएकाे हाे ।
मन्त्रालयका अनुसार आज ४५७ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन्। याे सँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या ५० हजार चार सय ११ पुगेकाे छ। आज १८ हजार चार सय ३७ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
यसैबीच नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


