स्याङजाका ६ जना सहित गण्डकीमा आज थपिए ५६ जना संक्रमित ।
स्याङजा :
स्याङजाका ६ जना सहित गण्डकी प्रदेशमा आज ५६ जना संक्रमित थपिएका छन् । आज थपिने संक्रमितहरुमा कास्कीका १४,तनहुँका १५ जना, बाग्लुङका १० जना, स्याङजाका ६ जना, पर्बतका ४ जना, लमजुङका ५, म्याग्दी र नवलपरासी बर्दघाट सुस्तापूर्बका एक÷एक जना संक्रमित थपिएका हुन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार पाँच सय ७९ पुगेको छ जस मध्ये दुई हजार तीन सय २९ जना निको भएकाछन् । संक्रमित मध्ये ३२ जनाको मृत्यु भएको छ ।
यसैबीच स्याङजामा एक शिक्षक सहित आज ६ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुशार बिरुवा गाँउपालिकाका ३० बर्षका संक्रमति पुरुष शिक्षक हुनुहुन्छ ।
त्यस्तै वालिङ ४ का १९, ४३ र ४४ बर्षका पुरुष, वडा नम्वर ११ का ३९ बर्षका पुरुष तथा गल्याङ नगरपालिका ३ का ३० बर्षकापुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यो सहित स्याङजामा संक्रमितको संख्या तीन सय ८७ पुगेको छ जसमा तीन सय ३६ जना निको भएकाछन् भने तीन जनाको निधन भएको छ । स्याङजामा सक्रिय संक्रमितको संख्या ४८ रहेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


