गण्डकीमा आज ९० जना संक्रमित थपिए, संक्रमित संख्या २८ सय नाघ्यो ।

Gandaki_Pradesh

स्याङ्जा : गण्डकी प्रदेशमा शुक्रबार ९० संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार ७ जिल्लाका ९० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ४६, तनहुँका १४, कास्कीका १३, लमजुङका ५, गोरखाका ८, स्याङ्जा र पर्वतका २/२ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ सय २० पुगेको छ ।

संक्रमितमध्ये १८ सय ४९ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box
TOP