स्वास्थ्यकर्मी र मजदुर सहित गण्डकी प्रदेशमा थपिए ६७ जना सङ्क्रमित ।
स्याङजा :
पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारी सहित गण्डकी प्रदेशमा ६७ जना सङ्क्रमित थपिएकाछन् ।
सबैभन्दा धेरै सङ्क्रमित पोखरामा थपिएकाछन् । संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । त्यस्तै पोखराको मेडिप्लस अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि सङ्क्रमण देखिएको छ ।
पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) को देउचुली नगरपालिका एक स्वास्थ्यकर्मी सहित १५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा थपिएका सबै नयाँ संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।
योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार पाँच सय ९८ जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएकाछन् भने १९ जनाको निधन भएको छ ।
गण्डकी प्रदेशमा आइतबार ८५ जनामा थप सङ्क्रमण पुष्टि भएको थियो ।
.


समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


