स्याङ्जामा बाँदर धपाउन पड्काएको बन्दुक पैदल यात्रुलाइ लागेपछि………..

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
अर्जुनचौपारी गाँउपालिका १ मझपाटामा भरुवा बन्दुक पड्काउदा पैदलयात्रु घाईते भएका छन् । सोही स्थानका ६३ बर्षिय इन्द्रबहादुर क्षेत्रीले बन्दुक पड्काउदा पैदलयात्रुलाई लाग्न पुगी घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले दिएको जानकारी अनुसार भरुवा बन्दुकले लागेर सोही ठाँउका ४५ बर्षिय भिमबहादुर गोदार घाईते भएका छन् । घाईते गोदारको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोदारको पेटमुनीको भागमा छर्रा लागेको थियो । क्षेत्रीले बाँदर धपाउनका लागि बन्दुक पड्काएको बताइएको छ । बन्दुक पड्काउने क्षेत्रीलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजनामा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…