भीरकोटमा “बयरघारी ब्याडमिन्टन क्लब” गठन ।
भीरकोट :
ब्याडमिन्टन खेलाडी एवं समाजसेवी ढाकाराम खनालको अध्यक्षतामा “बयरघारी ब्याडमिन्टन क्लब” गठन भएको छ । क्लब गठन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा भीरकोटवासी ब्याडमिन्टन खेल प्रेमी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष खनालले ब्याडमिन्टन क्लबको आवस्यकता र यसको महत्व बारे प्रकाश पर्नुभएको थियो । अध्यक्ष खनालले भीरकोट नगर क्षेत्र भित्र छरिएर रहेका ब्याडमिन्टन खेलाडीहरुलाई एउटै मन्चमा गोलबन्द गरि भविस्यमा क्लब मार्फत सामाजिक, धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरन्जन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
भेलाले १३ सदस्यीय नयाँ कार्य समितिके गठन गरिएको, जसको उपाध्यक्षमा सुजन गुरुङ, सचिबमा सुशील खाँण्ड, सह सचिव रंजित थापा, कोषाध्यक्ष निकेश शेन तथा सदस्यहरुमा युबराज गुरुङ, हिरा गुरुङ, अन्जन केसी, कमल रेग्मी, सुबोध अधिकारी, संजु भुसाल, प्रेम न्यौपाने र शिव खनाल सर्वसम्बत रुपमा चयन हुनुभएको छ ।
क्लबका सल्लाहकार समेत रहनुभएका भीरकोट उद्योग वाणिज्य संघका महासचिब नुवदत्त अर्यालले यस क्लबको गठनले सयुक्त भीरकोटका ब्याडमिन्टन खेलाडीहरुको भविस्य उज्यालो बनाउने धारणा ब्यक्त गर्दै शुभकामना दिनुभयो l साथै पब्लिक आवाज साप्ताहिकका सम्पादक एवं पत्रकार अमृत अर्याललले सभ्य ढंगले खेल खेली खेललाई निरन्तरता दिन सकेमा जिल्ला तथा राष्ट्रिय स्तरका खेलाडी यहीं भीरकोटमा उत्पादन हुन सक्नेमा जोड दिनुभयो । कार्यक्रमको उत्तरार्धमा बोल्दै पुर्व ब्याडमिन्टन खेलाडी एवं बयरघारी ब्याडमिन्टन क्लबका संरक्षक रामकृष्ण अर्यालले खेलाडीहरुले पालना गर्नुपर्ने खेल सम्बन्धी निर्देशन दिदै शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।कार्यक्रमको संचालन क्लबका नवनिर्वाचित सदस्य एवं ब्याडमिन्टन खेलाडी कमल रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


