स्याङ्जामा बिभिन्न मुद्धामा फरार रहेका ४८ जना एकै दिन पक्राउ ।

syangja-police

स्याङ्जा :
स्याङ्जामा बिभिन्न मुद्धामा फरार रहेका ४८ जना प्रतिबादीहरु एकै दिन पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा बिभिन्न प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धा लागेपछि फरार भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।
पक्राउ पर्नेहरुमा हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिएपछि बिगत २३ बर्ष देखि फरार रहेका हरिनास गाँउपालिका ५ का ६४ बर्षका कर्ण बहादुर भट्ट क्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिएपछि बिगत १५ बर्ष देखी फरार रहेका चापाकोट नगरपालिका ४ का ४५ को भक्त सुनारी मगर,डाँका चोरी मुद्धामा ६ बर्ष कैद तोकिई बिगत १० बर्ष देखी फरार रहेका हरीनास १ का ६२ बर्षका लाल बहादुर नाम्जाली लगायत रहेकाछन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय स्याङजाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराईएको प्रवक्ता अधिकारीले बताउनु भयो ।
पक्राउ परेकाहरु मध्ये केहीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP