पहिरो पिडीतलाई एन्फाको सहयोग
स्याङ्जा :
अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाले पहिरो पिडीतलाई आर्थिक सहयोग गरेको छ ।
गत असार २९ गते घरभन्दा माथिबाट आएको पहिरोले पुतलीबजार नगरपालिका वडा नं. १ का रिमल नेपालीको घरमा क्षति पु¥याएको थियो । पहिरो पिडीत नेपालीलाई एन्फाले १५ हजारको सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।
चेक हस्तान्तरण गर्दै एन्फा स्याङ्जाका उपाध्यक्ष सरद गुरुङ्, एन्फा गण्डकी प्रदेश सदस्य प्रकाश रेग्मी र जिल्ला सदस्य महादेब श्रेष्ठले एन्फाले थोरै रकम भएपनि पिडीतलाई दिएर मलम लगाउने काम गरेको बताए ।
पहिरो पिडीत नेपाल एन्फा स्याङ्जाका पूर्व खेलाडी र रेफ्री समेत हुन् । पहिरोले नेपालीको घरमा झण्डै ८ लाखको क्षति पु¥याएको छ । सक्दो सहयोग गरेकोमा नेपालीले एन्फालाई धन्यवाद दिएका छन् ।
त्यसैबीच अखिल नेपाल फुटबल संघ स्याङ्जाले कोरोनाबाट प्रभावित आफ्ना सदस्य, रेफ्री र खेलाडीलाई आर्थिक सहयोग समेत गरेको छ । कोरोनाबाट बढि प्रभावित परिवारका सदस्यलाई सहयोग गरेको संघले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


