‘आयुर्वेद’औषधि र आराेग्य विज्ञान दुबै हाे : प्रधानमन्त्री ओली ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका हुने स्पष्ट गर्नुभएको छ ।
काेभिड- १९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उहाँले आयुर्वेदभित्रै याेगा पनि पर्ने बताउनु भयाे । उहाँले भन्नुभयाे – आयुर्वेद खासमा औषधि र आराेग्य विज्ञान दुबै हाे ।
उहाँले मेशीनहरू एलाेपेथिक नभएकाे प्रष्ट पार्नुहुँदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्याेगिकरणकाे प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जाेड दिनुभयाे ।
आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले याेगमाया विश्वविद्यालय स्थापना गरेकाे र यसमार्फत भविष्यमा सिंगाे विश्वकाे ध्यानाकर्षण गरी आयुर्वेद र याेगाकाे विकास गर्ने लक्ष राखिएकाे उल्लेख गर्नुभयाे ।
निराेगी नेपाल निर्माणमा आयुर्वेदकाे भूमिका व्यापक बढाउन सरकार दृढ रहेकाे धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गर्नुभयाे – हाम्रा पूर्वजहरूले औषधिमय खानपानकाे प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामाे अनुुभव र प्रयाेगबाट औषधिमय तत्वकाे पहिचान र प्रयाेग गरेका बताउनुभयाे ।
काेभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयाेगात्मक मात्रै नबबनाउन र यसकाे प्रयाेगलाई बढाउन समेत सबैकाे ध्यानाकर्षण गराउनुभयाे ।
विज्ञहरूसँग तीन घण्टा सुझाव लिनुभएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयाेगी घरेलु विधिहरूकाे सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसकाे व्यापक प्रचारप्रसार गर्न पनि जाेड दिनुभयाे ।
उक्त अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम काेइराला, डा. प्रदीप केसी, विनाेद पाैडेल, डा. रामआधार यादव, डा. सन्ताेष ठाकुर, प्रा.डा . डीबी राेका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्नुहुँदै प्रधानमन्त्रीकाे तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलाेपटक परामर्श गरिएकाेमा विशेष आभार र धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
नेकपा अध्यक्ष दाहालले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराउनुभएकाेमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेकाे अनुभूति राख्नुभयाे । (प्रमका प्रेस सल्लाहकार सुर्य थापाकाे पेजबाट)

Facebook Comments Box
TOP