स्याङजा बजार रेडक्रस उपशाखाद्धारा मास्क बितरण
भवानी अधिकारी/स्याङजा : नेपाल रेडक्रस सोसाइटी स्याङजा बजार उपशाखाको आयोजना तथा जिल्ला रेडक्रस सोसाइटी स्याङजा शाखाको समन्वयमा स्याङजा बजारमा मास्क बितरण गरिएको छ ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी, स्थानीय रेडक्रसकर्मीहरुको समूहले मुख्य बजारमा मास्क नलगाई हिड्ने तथा ब्यापारी तथा कामदारगरी १ हजार २ सय ५० वटा मास्क बितरण गरेको उपशाखा सभापति बन्दना लम्सालले जानकारी दिनुभयो ।
यसैगरी, रेडक्रस जिल्ला शाखा स्याङजाले भीरकोट, वालिङ र गल्याङका मुख्य बजारमा समेत मास्क बितरण गर्ने जनाएको छ । बढ्दो कारोना संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउने उदेश्यले मास्क नलगाई हिड्ने, ब्यवसाय गर्ने र काम गर्नेका लागि उपशाखाले मास्क उपलब्ध गराएको हो ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


