स्याङ्जामा भदाै ४ गते सम्मका लागि थपियो लकडाउन,निशेधाज्ञा यथावत, सबै खाले पास बितरण बन्द ।

स्याङ्जा :
स्याङ्जामा कोरोना सक्रमण बढेपछि यसअघि जारी गरिएको लकडाउनलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बढाएको छ । यो भन्दा अगाडि अर्काे आदेश नभए सम्मका लागि जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको छ ।
लकडाउनको समयअवधि बिहिबार सम्मकाे लागि थियाे तर डिसिसिएमसिको बैठकले बढ्दो सक्रमणलाई मध्यनजर गर्दै २९ गतेबाट पुन भदाै ४ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जारी गर्नु भएको सूचनामा भदाै ४ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न नगराउन भनिएको छ । यसैगरी एक जिल्लाबाट अर्काे जिल्लामा जाने सबै खाले सवारी पासकाे बितरण समेत बन्द गरिएकाे छ ।
त्यस्तै राति ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न निषेध गर्ने गृह मन्त्रालयको आदेश अनुसार जिल्लामा समेत प्रशासनले आवतजावतमा प्रतिवन्ध लगाएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सूचनामा यो निर्णयको अवज्ञा गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड विपरित भेटिएमा कारवाही गर्ने स्पष्ट पारेको छ ।
प्रशासनले सार्वजनिक स्थलमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने नगराउने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका निषेधित क्रियाकलाप गरेको पाईए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
स्याङ्जामा हाल सम्म दुई सय ९८ जनामा कोरोना संक्रमण भएको छ भने दुइ सय ४७ जना निको भएर घर फर्केका छन त्यस्तै दुई जना संक्रमिको ज्यान गएको छ ।
जिल्लामा सुरक्षाकर्मी,सर्बसाधारण, आईसोलेशनमा काम गर्ने कर्मचारी लगायतमा कोरोना संक्रमण देखिएको छ ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…