स्याङ्जामा हैजा रोगबाट एकको मृत्यु,५० भन्दा धेरै बिरामी ।

प्रकाश डोटेल/स्याङ्जा :
कोरोनाले आक्रान्त भएको समयमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. २ छापकी ७२ वर्षिया जितकुमारी सिंजालीको हैजा रोग लागेर मृत्यु भएको छ ।
विभिन्न रोगबाट ग्रसित सिंजाली केहि दिन अघि स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केकी थिईन । उनी उच्च रक्तचाप, मधुमेहबाट प्रभावित थिईन् ।
केहि दिनदेखि फैलिएको हैजा रोगबाट चापाकोट नगरपालिका वडा नं. ८ दामाचौरका महिला तथा बालबालिका गरी करिब झण्डै ५० जना स्थानीय बिरामी परेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
हैजा रोगलाई नियन्त्रण बाहिर जान नदिन चापाकोट नगरपालिका स्वास्थ्य शाखाले दामाचौरको एक स्थानीय विद्यालयमा स्वास्थ्य शिविर राखेर हैजा प्रभावितको उपचार थालेको शाखा प्रमुख विन्दु कोइरालाले जानकारी दिनुभयो ।
हैजा रोगबाट सामान्य प्रभावितलाई विद्यालयमा स्थापना गरिएको स्वास्थ्य शिविरमा उपचार गरिएको छ । कोईरालाका अनुसार स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई चापाकोट नगर अस्पतालमा उपचार गरिएको छ ।
कोरोनाबाट प्रभावित जनजीवन हैजा फैलिएसँगै थप त्रसित भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार खास गरी महिला तथा बालबालिका हैजाबाट बढि प्रभावित भएका छन् । हैजालाई नियन्त्रण बाहिर जान नदिन नगरपालिकाले आवश्यक तयारी गरेको चापाकोट नगरपालिकाले जनाएको छ । तस्वीर : बिरामीको उपचार हुँदै ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…