स्याङ्जामा हैजा रोगबाट एकको मृत्यु,५० भन्दा धेरै बिरामी ।
प्रकाश डोटेल/स्याङ्जा :
कोरोनाले आक्रान्त भएको समयमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. २ छापकी ७२ वर्षिया जितकुमारी सिंजालीको हैजा रोग लागेर मृत्यु भएको छ ।
विभिन्न रोगबाट ग्रसित सिंजाली केहि दिन अघि स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केकी थिईन । उनी उच्च रक्तचाप, मधुमेहबाट प्रभावित थिईन् ।
केहि दिनदेखि फैलिएको हैजा रोगबाट चापाकोट नगरपालिका वडा नं. ८ दामाचौरका महिला तथा बालबालिका गरी करिब झण्डै ५० जना स्थानीय बिरामी परेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
हैजा रोगलाई नियन्त्रण बाहिर जान नदिन चापाकोट नगरपालिका स्वास्थ्य शाखाले दामाचौरको एक स्थानीय विद्यालयमा स्वास्थ्य शिविर राखेर हैजा प्रभावितको उपचार थालेको शाखा प्रमुख विन्दु कोइरालाले जानकारी दिनुभयो ।
हैजा रोगबाट सामान्य प्रभावितलाई विद्यालयमा स्थापना गरिएको स्वास्थ्य शिविरमा उपचार गरिएको छ । कोईरालाका अनुसार स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई चापाकोट नगर अस्पतालमा उपचार गरिएको छ ।
कोरोनाबाट प्रभावित जनजीवन हैजा फैलिएसँगै थप त्रसित भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार खास गरी महिला तथा बालबालिका हैजाबाट बढि प्रभावित भएका छन् । हैजालाई नियन्त्रण बाहिर जान नदिन नगरपालिकाले आवश्यक तयारी गरेको चापाकोट नगरपालिकाले जनाएको छ । तस्वीर : बिरामीको उपचार हुँदै ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


