श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास गरिन्छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् : “श्रीकृष्णजन्माष्टमी र भगवान श्रीकृष्णको शक्तिको रहस्य”
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


