आज शनिवार कस्तो छ समय,शुभ बेला अनि राशिफल

मेष– विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ ।
वृष– भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।
मिथुन– गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला ।
कर्कट– बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।
सिंह– विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।
कन्या– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ ।
तुला– भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला ।
वृश्चिक– ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला । गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।
धनु– नया काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ ।
मकर– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन ।
कुम्भ– व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविधलाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।
मीन– उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ
बिशेष जानकारी :
बिशेष काम गर्ने राम्रो समय बिहान 06:37 देखि बिहान 08:52 सम्म छ, यो समय गुरु होरा र सुभ समयको हो साथै अर्को राम्रो समय 11:37 देखि दिउसो 12:37 सम्म छ, यो समय चन्द्र होरा र अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 08:52 बजे देखि 10:29 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले निला काला खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै तिल मास वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पश्चिम दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
साहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, जस्ता काम आज फाब्छन ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…