सलह किराले आँधीखोला गाउँपालिकामा लगाइएकाे बालीमा ठूलो क्षति पुर्यायाे,सलह छोप्ने कृषक पुरस्कृत।
स्याङजा : बुधवार साँझ आँधीखोला गाउँपालिकाका विभिन्न वडामा लाखौँको संख्यामा देखिएका सलहले रहेका धान कोदो र तरकारी लगायतका बालीनालीमा ठूलो क्षति पुर्याएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनु भएकाे छ । ‘सलहले बाली नालीमा नोक्सान भएका कुरा कृषकहरूले फोन मार्फत जानकारी दिएका छन् तर विवरणहरू यकिन भएको छैन ’ उहाँले भन्नुभयाे ।
यसैबीच आँधीखोला गाउँपालिकामा आज सलह छोप्ने १३ जना पुरस्कृत भएका छन् । सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३०० दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका १३ जनाले २४ किलो सलह छोपेर आँधीखोला गाउँपालिकालाई बुझाएका थिए ।
.

बिहीवार दिउसो आँधीखोला गाउँपालिका वडा नं २ र ५ का १३ जनाले २४ किलो सलह कीरा छोपेर कृषि शाखामा बझाएपछि गाउँपालिकाले उनीहरूलाई सात हजार दुई सय रुपैयाँ प्रदान गरेको गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनु भयाे । सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई पैसा दिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेका थिए ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


