स्याङजा : आँधीखोलामा सलह, बाली सखाप

भवानी अधिकारी/स्याङजा : आँधीखोला गाउँपालिकामा सलह देखिएका छन्। हजारौंको संख्यामा देखिएका सलहले खेतीबालीमा धेरै क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन्।आँधीखोला–६ फापरथुममा लगाइका कोदो, तरकारी सखापै पारेको स्थानीयबासी हरिप्रसाद ढकालले बताए। ‘केही दिनअघि तीन हलले कोदो रोपेका भगवान ढकालको बारीमा अहिले ठूटो मात्रै छ।’ हरिप्रसादले भने–‘तरकारी र अन्य बाली पनि उस्तै छन्।’ 

केही दिनअघि फाट्टफुट्ट मात्रै देखिएका सलह बिहीबार साँझ हजारौंको संख्यामा आएको स्थानीयले बताएका छन्।सलहलाई आएपछि गाउँलेले टिन, ढ्याङग्रो, थाल ठटाउने,  आगो बालेर धुँवाको मुस्लो निकाली भगाउने प्रयास गरेको ढकालले बताए। 

सलह कीरा पर्वतबाट आएको हुनसक्ने स्थानीयको अनुमान छ। अहिलेसम्मकै ठूलो झुण्ड आएको उनीहरुकोे भनाइ छ।  पालिकामा केहीदिनदेखि सलहले धेरै क्षति पु¥याएको बताउदै पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने ‘हामी क्षतिको विवरण संकलनका क्रममा छौं। अझै सलहले पालिका छाडिसकेको छैंन।’  

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP