स्याङजा : आँधीखोलामा सलह, बाली सखाप

भवानी अधिकारी/स्याङजा : आँधीखोला गाउँपालिकामा सलह देखिएका छन्। हजारौंको संख्यामा देखिएका सलहले खेतीबालीमा धेरै क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन्।आँधीखोला–६ फापरथुममा लगाइका कोदो, तरकारी सखापै पारेको स्थानीयबासी हरिप्रसाद ढकालले बताए। ‘केही दिनअघि तीन हलले कोदो रोपेका भगवान ढकालको बारीमा अहिले ठूटो मात्रै छ।’ हरिप्रसादले भने–‘तरकारी र अन्य बाली पनि उस्तै छन्।’
केही दिनअघि फाट्टफुट्ट मात्रै देखिएका सलह बिहीबार साँझ हजारौंको संख्यामा आएको स्थानीयले बताएका छन्।सलहलाई आएपछि गाउँलेले टिन, ढ्याङग्रो, थाल ठटाउने, आगो बालेर धुँवाको मुस्लो निकाली भगाउने प्रयास गरेको ढकालले बताए।
सलह कीरा पर्वतबाट आएको हुनसक्ने स्थानीयको अनुमान छ। अहिलेसम्मकै ठूलो झुण्ड आएको उनीहरुकोे भनाइ छ। पालिकामा केहीदिनदेखि सलहले धेरै क्षति पु¥याएको बताउदै पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने ‘हामी क्षतिको विवरण संकलनका क्रममा छौं। अझै सलहले पालिका छाडिसकेको छैंन।’
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…