आज ऋषिपञ्चमी !

काठमाण्डौ : भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलाे आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।
ऋषि पञ्चमीको दिन काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालुको भीड लाग्ने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण मन्दिर खुलेका छैनन् । सरकारले धार्मिक स्थल बन्द गर्न निर्देशन दिएको छ भने स्वास्थ्यकर्मीले पनि भिडभाडमा नजान सल्लाह दिएका छन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…