आज शुक्रबार कस्तो छ समय, हेर्नुहोस् राशिफल

rasifal


मेष– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला ।


वृष– नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, ुसाथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।


मिथुन– व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।


कर्कट– अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ ।

सिंह– स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला ।


कन्या– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला ।


तुला– रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ ।

वृश्चिक– व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला ।


धनु– आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला ।


मकर– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

कुम्भ– स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।

मीन– कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।

बिशेष जानकारी :

बिशेष काम गर्ने राम्रो समय बिहान 07:36 देखि बिहान 10:29 सम्म छ, यो समय चन्द्र होरा, गुरु होरा, लाभ बेला, अमृत बेला संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /

राहु काल बिहान 10:29 बजे देखि मध्यान्न 12:07 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।

आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले सेता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध जौ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।

आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, साथीको काम, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, जस्ता काम आज फाब्छन /

Facebook Comments Box
TOP