आज बुधवार कस्तो छ समय (राशिफल सहित) ।

मेष– सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । ध्नको प्राप्ती होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला ।
वृष– मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला ।
मिथुन– सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन ।
कर्कट– बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ, यात्राको समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।
सिंह– नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुनसक्छ । नसोचेका समस्या देखिन सक्छन्् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ ।
कन्या– सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
तुला– शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ ।
वृश्चिक– विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ ।
धनु– अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । ीदन सामान्य बित्ला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, नचिताएको काममा पैसा भने खर्च हुने योग छ सावधान रहनुहोला ।
मकर– जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ साथै टाढाको यात्रा समेत हुन सक्छ ।
कुम्भ– लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने समस्याको हल हुने छ, गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।
मीन– कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरैनै खर्च हुनेछ ।
बिशेष जानकारी :
बिशेष काम गर्ने राम्रो समय बिहान 06:45 देखि 08:55 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अमृत बेला, गुरु होरा संग संगै जस्तो पर्छन . साथै अर्को राम्रो समय बिहान 10:35 देखि 11:55 सम्म छ यो समय सुभ बेला र अभिजित मुहूर्तको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 12:04 बजे देखि 01:40 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले हरिया खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध तिल वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम राम्रो छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…