यस्तो छ आजको समय, राहुकालको समय सहित राशिफल (श्रावण १८ गते आईतवार)

 १८ श्रावण २०७७, आईतवार ०५:५२   | ज्योतिष तुलसी भारद्वाज(LGMNEPAL)

यस्तो छ आजको समय, राहुकालको समय सहित राशिफल (श्रावण १८ गते आईतवार)

मेष– सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। ेसन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ ।

वृष– मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला।

मिथुन– व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ।

कर्कट– स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ।

सिंह– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मेहनतअनुसार फाइदा कमै होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।

कन्या– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।

तुला– भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

वृश्चिक– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।

धनु– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।

मकर– विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

कुम्भ– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ।

मीन– अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला।

बिशेष जानकारी :

बिशेष काम गर्ने राम्रो समय बिहान 08:49 देखि मध्यान्न 11:30 बजे सम्म छ, यो समय सुरुमा चन्द्र होरा लाभ बेला गुरु होरा र अमृत बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /राहु काल बेलुका 05:08 बजे देखि साँझ 06:47 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै रसिलो बस्तु घिउ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ ।

शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ ।

घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।सहित जुरेका कामहरु गीत संगित, पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

Facebook Comments

अन्तिम अपडेट: १८ श्रावण २०७७, आईतवार ०५:५२





-->