पोखरामा ४ महिना देखि बालिका बलत्कार गरेका रेशबहादुर लुक्न आएका थिए आफ्नो गाँउ स्याङ्जा ।
पोखरा :
पोखरामा ९ बर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा स्याङ्जाका केश बहादुर गुरुङ पक्राउ परेकाछन् । गुरुङले ४ महिना देखि बालिका बलत्कार गरिरहेको प्रहरीको भनाई छ । उनी पक्राउ पर्ने डरले बिरुवा गाँउपालिका वडा नम्वर ७ मा रहेको आफ्नो गाँउको घरमा आई लुकेर बसेका थिए ।
पूर्ब भारतीय सैनिक समेत रहेका ५५ बर्षीय रेश बहादुर पोखरा १० रामबजार मिलनचोकमा घर बनाएर परिवारसहित बसिरहेका थिए ।
गुरुङको घर नजिकै ९ वर्षीया बालिका समेत बस्ने गरेको र उनका बुवाआमा विदेशमा रहेको तथा उनको संरक्षण फूपुबाट भइरहेको बताईएको छ ।
बुवाआमा पनि नभएका बालिकालाई हजुरबुवा उमेरका गुरुङले धेरै समय अगाडिबाट कुदृष्टि लगाइरहेको देखिन्छ । अपत्यारिलो घटना बालिकाबाटै बाहिरियो । उनका अभिभावकलाई आफूमाथि भइरहेको हिंसा सुनाइन ।
गुरुङले आफूलाई ४/५ महिनाअघिदेखि बलात्कार गरिरहेको जब तिनै बालिकाले अभिभावकसामू भनिन ।
प्रहरीकाअनुसार बालिकाले अभिभावकलाई घटना बताएपछि भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी पर्यो ।
जाहेरी लगत्तै घटनाका पीडक गुरुङलाई पक्राउ गर्न प्रहरी खटियो । तर, गुरुङले आफू पक्राउ पर्न सक्ने लख पहिल्यै काटिसकेका रहेछन ।
गुरुङ फरार भइहाले । उनको नालीबेली प्रहरीले खोतल्यो । उनको पुरानो घरको ठेगाना पत्ता लगायो र स्याङ्जा प्रहरीसँग समन्वय र्गयो ।
अन्ततः जाहेरी परेको ३ पछि उनलाई प्रहरीले स्याङ्जाबाटै पक्राउ गरेको छ । विरुवा ८ टोड्केमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफन्तबाट जाहेरी लिने क्रममै कास्की प्रहरीले बालिकासँग आवश्यक सोधपुछ गरिसकेको थियो ।
‘जाहेरीपछि हामीले बालिकासँग प्रारम्भिक सोधपुछ गरिसकेका थियौं । बच्चाले झुठो बोल्दैन, घटनाबारे बुझेपछि उसलाई गुरुङ पक्राउ गर्न जाँदा थाहा पाएर भागिसकेछ,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने ।
३ दिनको खोजीपछि भदौ १४ गते राति ७ बजेमात्र उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता हमालले जानकारी दिए ।
‘उनको स्याङ्जा घर छेउबाट राति नियन्त्रणमा लियौं । हिजै राति पोखरा ल्याएका हौं,’ उनले भने, ‘घटनामाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । आज ९सोमबार० जबर्जस्तीकरणी मुद्दामा जिल्ला अदालबाट म्याद थप्छौं ।’
गुरुङले बालिकालाई आफूतर्फ आकर्षित गर्न विभिन्न प्रलोभन देखाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । समाधान न्युजडटकमको सहयोगमा
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


