फेरि बढ्याे पेट्राेल, डिजल र मट्टीतेलकाे भाउ !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१/९१ रुपैयाँ कायम गरिएको उपाध्यायले जानकारी दिनुभयो ।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको उहाँले बताउनुभयो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…