डेनमार्कमा एनआरएनए गठन भएको एक बर्ष बित्यो,तर छ निरन्तर झगडा ।

अमृत पौडेल :
डेनमार्कमा एनआरएनए गठन भएको एक बर्ष बितेको छ । गठनको याे एक बर्षको अवधी आपसी झगडा र आरोप प्रत्यारोपमा नै बितेको हाे । एक आपसमा भईरहेको आरोपप्रत्यारोप,झगडा र अनावश्यक राजनीतिको कारण डेनमार्कमा रहेका नेपालीहरुमा समेत कुनै संस्था आवश्यक रहेछन भन्ने भान पर्न गएको श्रोतले बताएको छ ।
नयाँ समितिका लागि चुनाव लडेर आउन आँट नभएकाहरु मनोनितको बाटो रोजिरहेको आरोप लागेको छ । राजनीति गरेर हिड्ने व्यक्तिलाई मनोनितको हल्ला चलाउनु भनेको एनआरएन लाई डुबाउनु हो कार्यसमितका एक सदस्यले भने ।
अध्यक्ष तथा चुनाव जितेका तथा निर्विरोध चयन भएका पदाधिकारी नै यस्तो षड्यन्त्रमा लागेर चुनाव अगाडिको सम्झौता लाई लिएर हिडेको बताईएको छ ।
एनआरएनए जनसंपर्क वा अरु राजनीति गर्ने अखडा नभएको भन्दै डेनमार्कमा रहेका प्रवासी नपालीहरुले बिरोध गर्न शुरु गरेकाछन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…