पछिल्लो २४ घण्टामा थपिए ३३८ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त संख्याका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा उक्त संक्रमित भेटिएको जानकारी दिनुभयाे ।
नेपालमा हालसम्म ७०.७ प्रतिशत कोरोना संक्रमित निको भएको उहाँले बताउनु भयाे ।
उहाँका अनुसार हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ। आज मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन्। योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएका छन्।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


