“स्याङ्जा काँग्रेसको नेतृत्व कसको काँधमा”

प्रकाश डोटेल :

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मिति नजिकिदै जाँदा नेतृत्व कसकोे काँधमा जाला भन्ने चर्चा हुन स्वभाविक छ । केन्द्र नेतृत्वको चर्चासँगै स्याङ्जा काँग्रेसको नेतृत्व कसले आफ्नो पोल्टामा पार्न सक्ने हो भन्ने चर्चा हुनु अस्वभाविक छैन् ।

सक्रिय सदस्यता वितरणको प्रारभिक अवस्थामा रहेको काँग्रेस स्याङ्जाको नेतृत्वमा स्वभाविक रुपमा वर्तमान कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’ को दाबी रहन्छ नै । उनीसँगै सभापतिको आकांक्षीमा युवाबीच लोकप्रिय छवि बनाएका संविधानसभा सदस्य राजु थापा रहनु स्वभाविक नै हो । राना र थापाले आफ्नो तयारीलाई भुषको आगो बनाएका छन् ।

आन्तरिक तयारीमा काँग्रेस स्याङ्जाको नेतृत्व हाक्न तयार भएका छन् भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनाल । उनले उम्मेदवारी दिए अनौठो मान्नु पर्दैन् । काँग्रेसको विरासत धान्नमा लामो सयमा अघिल्लो पुस्ताले योगदान दिएको र दोस्रो पुस्तामा फरक छवि बनाएका गण्डकीका प्रदेश सांसद भागवतप्रकाश मल्लले आफ्नो काँधमा नेतृत्व ल्याउने ईच्छा देखाए आर्चय मान्नु पर्दैन् ।

“नेपाली काँग्रेसको दीर्ध रोग गुठगत भागबण्डाले अधिबेशनको समयमा चरम रुप लिए काँग्रेस स्याङ्जाको लामो समय सफल नेतृत्व लिएका नेता खगेन्द्रराज रेग्मीलाई उत्रार्ने अवस्था आउन सक्छ । पुराना काँग्रेसी कार्यकर्ताका अनुसार अनुशासनहिन काँग्रेस र संगठनमा ध्वस्त पार्टीलाई पूर्नजीवन दिनसक्ने रेग्मी एकमात्र बिकल्प हुन् । उमेरले ७० नाघेपनि रेग्मीमा पार्टी र संगठनप्रति दृढ संकल्प छ ।”

साँच्चिकै स्याङ्जा काँग्रेस बलियो बनाउने १४ औं महाधिबेशन मौका हो भने पुराना नेता खगेन्द्रराज रेग्मीलाई सभापति युवा नेतामा लोकप्रिय छवि बनाएका राजु थापा र भागवतप्रकाश मल्ल मध्ये एकलाई उपसभापति र सचिवमा गुरुप्रसाद भट्टराईलाई उतार्दा उचित हुने ती पुराना काँग्रेसीले बताए । रेग्मी, थापा, मल्ल र भट्टराईको मिलन बनाउन सके स्याङ्जा काँग्रेसमा देखिएको गुठ ध्वस्त हुन्छ ।

नेपाली काँग्रेसको विधान, २०१७ को नवौं संशोधन २०७५ को परिच्छेद ३ को दफा १२ बमोजिम जिल्ला अधिवेशन, जिल्ला कार्य समिति, जिल्ला सम्मेलनको उपदफा ५ बमोजिम गठन हुने जिल्ला कार्यसमिति गठन प्रक्रियाको ४ बमोजिम एक सभापति, २ उप–सभापति, २ सचिव र २ सह–सचिवको व्यवस्था गरेको छ भने निर्वाचित सदस्य मध्येबाट कोषाध्यक्षको मनोनयनको परिकल्पना गरिएको छ ।

काँग्रेस नेता गोपालमान श्रेष्ठ, खगेन्द्रराज रेग्मी र धनराज गुरुङकाे अभिभावकत्वमा थापा र मल्लको पूनर्मिलन गराउन सके स्याङ्जा काँग्रेसमय हुनेमा काँग्रेसी विश्वस्त छन् । उनीहरुका अनुसार थापा र मल्लको पूर्नमिलन हुन सके अबको १० वर्ष स्याङ्जामा अन्तरपार्टी निर्वाचनमा अन्य दलले आँखा नलगाए पनि हुन्छ ।

“ठूला नेताले आफ्नो स्वार्थ पुरा गर्न थापालाई एउटा कुरा र मल्ललाई अर्को कुरा लगाएर काँग्रेस कमजोर बनाए । यस्तो स्वार्थी राजनीतिले पार्टीलाई छिन्नभिन्न बनाउने उनीहरुको तर्क छ । ती नेताका अनुसार अब थापाले र मल्लले राजनीति नबुझे ईतिहासले उनीहरुलाई धिर्काने छ । स्याङ्जा काँग्रेसलाई एक बनाउने र कार्यकर्ताको चित्त बुझाउने थापा र मल्लको दायित्व हो ।

क्रियाशिल सदस्ता वितरणकै क्रममा संस्थापन र संस्थापन इतर काँग्रेसमा केहि तुष सृजना भएको छ । कसले कसका सदस्यता बढि थप्न सकिन्छ भन्ने तल्लो तहदेखि माथिल्लो तहसम्मका काँग्रेसी नेताको ध्याउन्न छ । यस्तो राजनीतिले काँग्रेसलाई दीर्धजीवि बनाउन नसक्ने बताउँदै एक नेताले भने, “देउवा काँग्रेस वा पौडेल काँग्रेस होईन् वीपीको परिकल्पनामा स्थापित काँग्रेस बनाउन सक्नु पर्याे । वीपीले परिकल्पना गरेको काँग्रेस बनाउन महाधिवेशन एक सुनौलो मौका भएको उनको जिकिर छ ।

स्याङ्जा काँग्रेसको राजनीतिमा पृथक योगदान दिएर पछिल्लो समय आफूलाई कृषक भन्न रुचाउने नेता हुन भोजराज अर्याल । उनी काँग्रेसको गुठगत राजनीतिलाई त्यती रुचाउँदैनन् । एक पुराना काँग्रेसी नेताका अनुसार संरक्षण र प्रोत्साहनका हिसाबले पार्टीका नेता खुमबहादुर खड्काको अवसानपछि अर्याल एक्ला जस्ता भएका छन् । आकांक्षी मध्येका केहि नेताको ढाड्स पाए अर्याल चुनाबी मैदानमा आउने कुरामा शंका छैन् ।

गुठगत राजनीति मौलाए सभापति बन्न सकिन्छ की भनेर छड्के च्याँख्य दाउ थापेर बसेका छन्, पैसाका भरमा राजनीति गर्न सकिन्छ भन्ने मनोभावनाबाट ग्रसित मोहनप्रसाद पाण्डे । मोहनको तुलनामा बरु केहि कार्यकर्ता संरक्षण पनि गरेका र स्थायी कार्यकर्ता बनाएका पूर्व सभापति र माननीय समेत बनेका शंकरप्रसाद पाण्डे बिकल्पका रुपमा प्रस्तुत गर्छन साविक क्षेत्र नं. ३ का पुराना काँग्रेसीहरु ।

तत्कालिन सभापति स्वर्गिय कमलप्रसाद पंगेनीसँग १३ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्दा पराजित भएकी हाल वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीले पनि आफ्नो पुरानो ईच्छा त्यत्तिकै अलपत्र पार्लिन भन्न सकिन्न । कार्यकर्ताको बलमा सभापति बन्न उनले सकेको बल लगाउने कुरालाई अस्वीकार गर्न सकिदैन् । नेपाल महिला संघको सभापति भएका नाताले उनी महिला मतदाताबीच अति लोकप्रिय छिन् ।

आफू महासमिति सदस्य वा महाधिवेशन प्रतिनिधि बन्न पाए हुन्थ्यो भन्ने तर बनिसकेपछि सभापतिको दाबेदार गर्ने नेताहरु स्याङ्जा काँग्रेसमा दर्जन बढि छन् । मौका पर्खेर सम्भावित सभापतिका उम्मेदार बन्न सक्नेमा श्रीप्रसाद जि.टि., लालगोपाल अर्याल, श्यामप्रसाद भण्डारी, तुलसीराम रेग्मी, गोविन्दबहादुर रानाभाट, सरस्वती तिवारी छन् । उनीहरुको योगदान सभापतिको उम्मेदवार बन्न अपुग भने छैन् ।

काँग्रेसको आन्तरिक राजनीति गर्माएको बेला हाम्रो अनलाइनले अब कार्यकर्ता र आम नागरिकबीच लोकप्रिय छवि बनाएको र काँग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सम्भाबित नेताको सूची सक्रिय सदस्ता वितरणसँगै सोधपुछका आधारमा तयार पार्दै जाने छौं ।

Facebook Comments Box
TOP