कालीगण्डकी पहिरो : मृतकको स्मृतिमा शोकसभा गरियो,पीडितलाई कांग्रेसको सहयोग ।

कालीगण्डकी :
गत असार ३० गते कालीगण्डकी गाउँपालिका वडा नं ४,खहरेमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुको सम्झनामा शोकसभा सम्पन्न भएको छ ।
बिनासकारी पहिरोमा परि ज्यान गुमाएका पुर्ब गाबिस अध्यक्ष (साबिकको बिर्घा) ईमान सिं राना, क्याप्टेन गिमान सिंह थापा,स्थानीय समाजसेवीहरु टिका बहादुर थापा र प्रेमचन्द्र पाण्डेयको ४७ दिनको पुण्यतिथिको अवसरमा आज शोकसभा गरिएको हो ।
नेपाली कांग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा शोकसभा गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापती कुमार राना,संबिधान सभा सदस्य मोहन प्रसाद पाण्डेय,पुर्ब सांसद शंकर प्रसाद पाण्डेय, काँग्रेस महासमिति सदस्य माया राना,महाधिशेन प्रतिनिधी गुरु प्रसाद भट्टराई, कांग्रेस क्षेत्र नं २ (क) का सभापति अर्जुन प्रकाश अर्याल, नेबिसंघका महामन्त्री युवराज पाण्डेय, जनमुक्ति पार्टी स्याङजाका अध्यक्ष बोम लामिछाने मगर ,खडक झेडी,नेकपाका नारायण पाण्डेय,दर्शन राना, सरस्वती पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

.


सोही अवसरमा नेपाली कांग्रेस कालीगण्डकी गाउँ पालिका वडा नं २,३,४,५ मा संकलन गरिएको रकम रु दुई लाख अ५८ हजार नौ सय ६५ र सुर्यज्योति क्लब कालीगण्डकी ४ खहरेबाट रु चालिस हजार गरी दुई लाख ९८ हजार नौ सय ६५ रुपियाँ मृतक र बिस्थापितको परिवारलाई हस्तान्तरण गरिएको तरुणदलका कालीगण्डकी गाँउसभापति यादव पाण्डे सुन्दरले जानकारी दिनुभयो ।

.

तस्वीर : यादव पाण्डे सुन्दर/कालिगण्डकी
Facebook Comments Box
TOP