मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा शर्मा ।

Muktinatha


प्रकाश डोटेल स्याङ्जा :

मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष काम गरेका थिए । नेपालमा उनी एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन् भने विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।

लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट Public Administration विषयमा स्नातकोत्तर तह गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट Business Administration विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, Tourism Management विषयमा अध्ययन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

Facebook Comments Box
TOP