मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा शर्मा ।
प्रकाश डोटेल स्याङ्जा :
मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।
शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष काम गरेका थिए । नेपालमा उनी एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन् भने विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।
लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट Public Administration विषयमा स्नातकोत्तर तह गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट Business Administration विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, Tourism Management विषयमा अध्ययन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


