दुधमा १५ रुपैया अनुदान पाएका गल्याङका कृषकले अनुदान बापत ४७ लाख बुझे
गल्याङ : स्याङजाको गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट किसानहरुका लागि ४७ लाख भन्दा बढि रकम वितरण गरेको छ ।
गएको आर्थिक वर्षमा गल्याङका किसानहरुले दुध विक्रीबाट ४७ लाख १२ हजार दुई सय ७७ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् ।
नेपालमा संभवतः सबैभन्दा धेरै दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको गल्याङ नगरपालिकाले विभिन्न १६ वटा दुध संकलन केन्द्र एवम् फर्म मार्फत किसानलाई यो रकम वितरण गरेको हो ।
गल्याङमा दुग्ध विकास संस्थानले तोकेको दर भाउमा किसानले विक्री गरेपछि त्यस बाहेकको १५ रुपैयाँ नगरपालिकाले अनुदान दिदै आएको छ ।
पहिलो किस्ता अन्तर्गत ९७ हजार दुई सय ७६ लिटर दुध संकलन गरेका किसानले गल्याङ नगरपालिकाबाट १४ लाख ५९ हजार एक सय ४० रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, दोश्रो किस्ता अन्तर्गत एक लाख ५२ हजार ५ दशमलब ६ लिटर दुध विक्रीबापत नगरपालिकाबाट किसानले २२ लाख ८७ हजार पाँच सय ८४ रुपैयाँ बुझेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारणे लकडाउन भएकाले तेस्रो किस्तामा दुध विक्री कम देखिएको छ । तेस्रो किस्ता अन्तर्गत चैत्र देखि असार सम्म ६४ हजार तीन सय ७० दशमलव २ लिटर दुध विक्री गरे वापत किसानले नौ लाख ६५ हजार पाँच सय ५३ रुपैयाँ किसानले नगरपालिकाबाट प्राप्त गरेका छन् ।
दुध संकलन केन्द्र, सहकारी तथा फर्मका गरी नगरपालिकाबाट जम्मा छ सय ७६ जना किसानले अनुदान रकम बुझेका छन् ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउनका लागि दिइएको अनुदान प्रभावकारी बनेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसान उत्साहित भएको पाएको छु । अझै उत्पादन बढ्ने क्रममा छ ।’
कोरोना भाइरसको जोखिमका कारण लकडाउनले केही समस्या भएपनि अहिले किसान व्यवसायिक बन्ने बाटोमा अग्रसर रहेको उहाँको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले वास्तविक किसानहरुसामु अनुदान पुगेको बताउनुभयो ।
उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिन सकिएमा मात्रै किसान व्यवसायिक बन्ने बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दुध उत्पादनमा किसानको रुची बढ्दै गएको पाइएको बताउनुभयो । उहाँले दुधमा उत्पादन बढाउनका लागि किसानको आवश्यकताका आधारमा थुनेलो नियन्त्रण सहितका उपायहरु अपनाइएको बताउँदै २४ सै घण्टा किसानको सम्पर्कमा रहने गरेको जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


