स्याङ्जाको मज्जुवामा एकीकृत बस्ती निर्माण हुँदै ।

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको सदरमुकामस्थित मज्जुवामा एकीकृत बस्ती बन्ने भएको छ । जिल्लामै पहिलो पटक सदरमुकाम पुतलीबजार नगरपालिका वाड नं. ३ स्थित मज्जुवामा एकीकृत बस्ती बन्ने भएको हो ।
नगर विकास ऐन, २०४५ को दफा १२ अनुसार झण्डै १ सय ५ जना स्थानीयको करिब १ सय २० रोपनी जग्गा प्राप्ती गरेर एकीकृत बस्ती बस्ने भएको छ । बिस्तृत परियोजना प्रतिबेदन सहित जग्गा एकीकरणको प्रस्ताव शहरी विकास मन्त्रालयबाट स्कीकृत गरिएको छ ।
“एकीकृत जग्गालाई अब चक्लाबन्दी भएपछि स्थानीयलाई जग्गा हस्तान्तरण गरेपछि बस्ती विस्तार गरिने भएको छ ।” मज्जुवा फाँट एकीकृत उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठले भने, “झण्डै १२ करोड ४५ लाखको लागतमा एकीकृत बस्ती बसाउन सकिन्छ ।”
नगर विकास ऐन, २०४५ को दफा ३, ८ र १६ को कानूनी व्यवस्था अनुसार जग्गा एकीकरण आयोजना संचालनमा छ । परियोनाले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको अन्त्यबाट एकीकृत बस्ती विस्तारको काम शुरु गर्नेछ । परियोजनाले झण्डै १८ महिनामा काम सक्ने प्रस्ताव गरेको छ ।
परियोजनालाई आवश्यक पर्ने जग्गा प्राप्ती गरेर एक वर्षका लागि रोक्का गरिएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार परियोजनाले प्राप्ती गरेको जग्गा चक्लाबन्दीपछि जग्गाधनिलाई हस्तान्तरण गरिनेछ । जग्गाधनिले जग्गा प्राप्ती गरेपछि बस्ती बसाउन थालिने श्रेष्ठले बताए ।
एकीकृत बस्ती बसाउन प्रदेश सरकार र नगरपालिकाले बजेटको व्यवस्था गरिदिनेमा अध्यक्ष श्रेष्ठ आशावादी छन् । उनले भने, “प्रदेश सरकार र नगरपालिकाले चक्लाबन्दीका लागि सहयोग गरे स्थानीयले आफै बस्ती बसाउन सक्ने थिए ।” जग्गाको आसपास भएर बग्ने बाडखोला र अरौदी खोला तटबन्द गर्न खर्चिलो भएको श्रेष्ठले बताए ।
मज्जुवा फाँट जग्गा एकीकरण आयोजनाले जिल्लामै पहिलो पटक एकीकृत बस्ती बनाउने भएपछि स्थानीय उत्साहित छन् । ५ रोपनी खुल्ला जग्गा सहितको एकीकृत बस्ती बनेपछि खास गरी सरकारी कर्मचारीलाई बस्तीमा ल्याउन पहल गरिने स्थानीयको योजना छ ।
ऐनको दफा १२ को उपदफा १ को २ बमोजिम कम्तीमा एकाउन्न प्रतिशत जग्गा धनी वा मोहीहरूको सहमतिमा कित्ताहरूलाई एकीकरण गरी नगर योजना अनुरूप सेवा सुविधाको व्यवस्था गर्ने र त्यस्तो सेवा सुविधाको व्यवस्था गर्दा लागेको खर्च विकसित घडेरीहरू बेची असूल गर्ने भन्ने कानूनी व्यवस्था भएकाले स्थानीयले एकीकृत बस्ती बसाउन लागेका हुन्
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…