राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ ।
मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ केही दिन देखि अस्वस्थ हुनुहुन्थ्यो ।
घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो ।
स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो । घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।
घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो । उहाँको कृति मध्ये नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् । तस्वीर-उज्यालो
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


