लकडाउनको सदुपयोग १७०० रोपनी बाँझो जग्गामा खेति

bajho_jagga


स्याङ्जा :
कोभिड १९ का कारण जनजिवन प्रभावित भईरहेका बेला स्याङ्जामा भने यसले केहि फाईदा पु¥याएको छ । कोरोनाका कारण यसपाली बाँझो जग्गाको सदुपयोग भएको छ । स्याङ्जाको फेँदिखोला गाउँपालिकामा १७ सय रोपनी बाँझो जग्गाको प्रयोग भएको छ । ‘खाद्य सुरक्षा, खाद्य उत्पादनमा वृद्धि अयात प्रतिस्थापन’ कार्यक्रम अन्तर्गत पालिकाभित्रका १७ सय रोपनी बाँझो जग्गामा खाद्य उत्पादन गरिएको हो । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार १७ सय बाँझो जग्गामा ६ करोडको खाद्य आयात प्रतिस्थापन हुने छ ।
गाउँपालिकाले बैसाखमा खाद्य सुरक्षा कार्यक्रमका लागी सूचना प्रकाशित गरेकोमा पालिकाका ३२४ घरपरिवार लाभान्वित भएका छन् । दुईवर्षदेखि बाँझो रहेको जग्गामा खेति गर्नेलाई आफ्नै जग्गामा प्रतिरोपनी २ हजार र भाडामा जग्गा लिएर गर्नेलाई प्रतिरोपनी २५ सय रुपैँया अनुदान दिईएको अध्यक्ष सुवेदीले बताउनुभयो । आर्थिक वर्ष २०६७÷०७७ मा १७ लाख रुपैँया बाँझो जग्गामा खेति गर्नेलाई प्रोत्साहन रकम प्रदान गरिएको अध्यक्ष सुवेदीको भनाई छ । सबै भन्दा धेरै जग्गामा खेति गरेबापत आरुखर्कका कृषकले ४८ हजार प्रोत्साहन रकम बुझेका छन् ।
बाँझो जग्गामा कसैले धान, कोदो खेति गरेका छन् भने केहिले व्यवसायिक तरकारी खेति समेत गरेका छन् । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘कोभिडको महामारीले हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यो लकडाउनमा कृषकलाई प्रोत्साहन गर्ने प्रयास ग¥यौँ । ७५÷२५ प्रतिशतमा कृषि औजार समेत वितरण गरेका छौँ भने आधुनिक टनेलका सेट समेत दिएका छौँ ।’ सुवेदीले भन्नुभयो, ‘खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत ६ करोडको खाद्य उत्पादन हुनेछ । चालू वर्षका लागी समेत १० लाख रकम छुट्याएका छौँ ।’ लकडाउनका बेला मानिसहरु आफ्नो थातथलोमा फर्किदा समेत यसपाली खाद्य सुरक्षा कार्यक्रममा उत्साहाजन सहभागिता रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

Facebook Comments Box
TOP