कोइराला परिवारद्वारा मातापिताको नाममा अक्षयकोष।
स्याङ्जा : मातापिताको स्मृतिमा स्याङ्जाको पुतलीबजार १३ कुलबाँधकाे एक कोइराला परिवारले स्थानीय विद्यालयमा अक्षय कोष स्थापना गरेको छ ।
पिता प्रजापति कोइराला र माता नर्मदाको नाममा गाउँकै दियालो आधारभूत विद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको जेठा छोरा ठाकुरप्रसाद कोइरालाले बताए ।
४ छोरा ठाकुर, ज्योतिराम, हरिप्रसाद र पुरुषोत्तम, छोरी रामकुमारी पौडेलले उक्त कोष स्थापना गरेका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर खत्रीलाई ४ दाजुभाइले सोमबार उक्त रकम हस्तान्तरण गरेका छन् । माता नर्मदाको वार्षिक पुण्यतिथिको अवसर पारेर उक्त रकम हस्तान्तरण गरिएको हो । गरिब तथा जेहेन्दार छात्रछात्रालाई बर्सेनि उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने उक्त विद्यालयका प्रधानाध्यापक समेत रहेका साइँला छोरा हरिप्रसाद कोइरालाले बताए ।
अक्षयकोषकोबाट प्राप्त ब्याजबाट कसरी छात्रवृत्ति प्रदान गर्ने भन्ने बारेमा व्यवस्थापन समितिको बैठकले निक्र्याेल गर्ने अध्यक्ष खत्रीले बताए । उनका अनुसार यसका लागि अलग्गै नियमावली बनाइने छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


