कास्कीमा जारी निषेधाज्ञा ५ दिन थपियो
कास्की : कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने निष्कर्ष बैठकले निकालेको हाे । बन्दाबन्दीकोको मोडालिटी केही परिवर्तन हुने भएको छ ।
बैंक तथा वित्तिय संस्थाको केही शाखा र निमार्ण सामग्रीका पसल सञ्चालन खुकुलो बनाइने निर्णय भएको बताइएकाे छ।
कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।
निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


