कास्कीमा जारी निषेधाज्ञा ५ दिन थपियो
कास्की : कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने निष्कर्ष बैठकले निकालेको हाे । बन्दाबन्दीकोको मोडालिटी केही परिवर्तन हुने भएको छ ।
बैंक तथा वित्तिय संस्थाको केही शाखा र निमार्ण सामग्रीका पसल सञ्चालन खुकुलो बनाइने निर्णय भएको बताइएकाे छ।
कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।
निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


