कास्कीमा भोलिदेखि जोरबिजोर लागु,निशेधाज्ञा केही खुकुलो ।
पोखरा : कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
शनिबार देखि जाेर गते जाेर नम्बर भएका सवारी साधन र बिजाेर बार बिजाेर नम्बर भएका सवारी साधनले मात्र सडकमा गुड्न पाउनेछन् । बस सेवा र माइक्राे बस सञ्चालन भने गर्न पाइनेछैन् । ट्याक्सी चलाउन भने पाइने छ ।
जिल्ला प्रशासन कार्यलयमा शुक्रबार बसेकाे विपद व्यवस्थापन समितिकाे बैठककाे निर्णय अनुसार विद्यालय, पार्टी प्यालेस, रंगशाला, जिमखाना, ब्युटी पार्लर, स्विमिङ पुल, शैलुन, सिनेमा हल, फन पार्क लगायतका भिडभाड हुने गतिविधि भने गर्न पाइनेछैन ।
पसलहरु सञ्चालन हुनेछन् । तर त्यसमा सामाजिक दुरी कायम गर्न भनिएकाे छ । हाेटल र रेष्टुरेन्टमा बसेर खाने सुविधा नदिए पनि लैजाने सुविधा भने दिइएकाे छ । वित्तिय सस्था खुल्नेछन् ।
समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले ३ भदौदेखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो । ७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । समाधान न्युजडटकमबाट
.

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


