कास्कीमा भोलिदेखि जोरबिजोर लागु,निशेधाज्ञा केही खुकुलो ।

पोखरा : कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
शनिबार देखि जाेर गते जाेर नम्बर भएका सवारी साधन र बिजाेर बार बिजाेर नम्बर भएका सवारी साधनले मात्र सडकमा गुड्न पाउनेछन् । बस सेवा र माइक्राे बस सञ्चालन भने गर्न पाइनेछैन् । ट्याक्सी चलाउन भने पाइने छ ।
जिल्ला प्रशासन कार्यलयमा शुक्रबार बसेकाे विपद व्यवस्थापन समितिकाे बैठककाे निर्णय अनुसार विद्यालय, पार्टी प्यालेस, रंगशाला, जिमखाना, ब्युटी पार्लर, स्विमिङ पुल, शैलुन, सिनेमा हल, फन पार्क लगायतका भिडभाड हुने गतिविधि भने गर्न पाइनेछैन ।
पसलहरु सञ्चालन हुनेछन् । तर त्यसमा सामाजिक दुरी कायम गर्न भनिएकाे छ । हाेटल र रेष्टुरेन्टमा बसेर खाने सुविधा नदिए पनि लैजाने सुविधा भने दिइएकाे छ । वित्तिय सस्था खुल्नेछन् ।
समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले ३ भदौदेखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो । ७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । समाधान न्युजडटकमबाट
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…