भविस्य पुराण र ‘होमो-देअस’मा उल्लेखित मानव भविस्य र अहिलेकाे वास्तविकता ।

खुमकान्त अर्याल :
(लेखको सवै अंश लामो लागेमा तल उल्लेखित वुँदागत तुलनाबाट मात्र पनि लेखको भाव प्राप्त गर्न सकिने छ ।)
हामी ‘होमो सेपियन्स’ मानवजातिकोे उत्पत्ति पछि कसरी प्रकृति तथा जनावरलाई आफ्नो अनुकुलमा प्रयोग गर्दै यो चरण सम्म आउन सफल भयौं र भविष्यमा कस्तो जीवनको सामना गर्दै छौ ? भन्ने सम्वन्धमा रहेर इजरायली इतिहासकार प्राध्यापक युवाल नोआह हरारीले संक्षिप्त मानव इतिहास (होमो सेपियन्स), मानवको भविश्य, (होमो देअस) र २१ औं सताव्दीका लागि -२१ सुझाव ) नामको तीन पुस्तकहरु लेखेका छन् । वेस्ट सेलरको सुचीमा रहेका उपरोक्त पुस्तकहरुको हाल विश्वभर प्रशसा र चर्चा चलेको छ । पुस्तकहरुमा इतिहासको गहन चिन्तन तथा विष्लेषण गर्दै मानव जातिको भविस्य कस्तो हुनेछ र ती परिस्थतिको सामना कसरी गर्नुपर्ला भन्ने तर्क तथा सुझावहरु दिएका छन् उनीले । समग्र यी लेखहरुमा उनको स्वतन्त्र दृष्टिकोण उन्नत चेतना र वौद्धिक परख झल्किएको छ । विपस्यना ध्यानबाट प्राप्त भएको शान्ति तथा अन्तरदृष्टिको प्रेरणा र क्षमताबाट नै यी पुस्तकहरु आँफले लेख्न सक्षम भएको हुनाले प्रशिद्ध पुस्तक ‘होमो देअस’को आमुखमा लेखक हरारीले यो पुस्तक विपस्यना ध्यानका गुरु एसएन गोएन्का प्रती समर्पण भनी लेखेका छन् ।
होमो सेपियन्स पुस्तकमा डार्विनको विकासवादी शिद्धान्त अनुरुप पृथ्वीको उत्पत्ति, प्रकृति तथा जीवको विकास कसरी भयो र करिव ७०००० वर्ष अगाडि पूर्वी अफ्रिकामा भएका अस्ट्रेलोपेथिकस (एप्सका) सन्तती अहिलेको मानवजाति, ‘होमो सेपियन्सले प्रकृति र जीवलाई कसरी क्रमशः नियन्त्रणमा लिएर आँफ्नो अनुकूलमा प्रयोग गरे ? यो जातिले समकालमा अन्य भुभागमा भएका होमो निएन्डरथल, होमो ईरेक्टस जस्ता अन्य जातिका मानवलाई प्रतिस्थापन गर्दै विश्वभर फिँजिए भन्ने सम्वन्धमा चर्चा गर्रिएको छ ।
तर अरु धर्महरुले जस्तै हिन्दु धर्ममा पनि पृथ्वी तथा जीव चराचरको सृष्टि ईस्वरले गर्नु भएको हो भन्ने विश्वास गरिन्छ । सृष्टिको उत्पत्ति (सर्ग),यसको विकास, यसको अन्त्य (प्रतिसर्ग), काल वर्णन – (चतुर्यूग,मन्वन्तर, कल्प) आदिको वर्णन, तात्कालिन समाजको जीवन दर्पण, राजाहरुको वंशावली, वंशाचरणको विस्त्रृत व्याख्या भएको छ हिन्दु धर्मग्रन्थका १८ पुराणहरुमा । पुराणलाई पाँचौ वेद पनि भनिन्छ । यसमा विभिन्न आख्यान उपाख्यान कथाहरुबाट मानिसहरुलाई सृष्टि,जीवनको उद्देश्य, रहस्य, र कर्तव्यको सरल तरिकाले वोध गराउने तरिकाहरु प्रयोग भएको छ ।
१८ पुराणका रचयिता वा संग्रहकर्ता वेदव्यासलाई भगवान नारायणकै अंशावतार मानिन्छ ‘हिन्दुधर्ममा‘ । यी पुराण ग्रन्थहरु मध्ये भागवत महापुराण, व्रम्हवैवर्त पुराण र भविष्य पुराणमा, भविस्यमा वा कलियुगमा यस पृथ्वीमा मानवजाति तथा चरअचरको कस्तो अवस्था हुनेछ भनेर समेत भविष्यवाणी गरिएको छ । भविस्य पुराणको प्रतिसर्ग पर्वमा कलिकालमा घट्ने घटनाहरुको धेरै अगाडि गरिएको अनुमान मध्ये गत २ हजार वर्ष देखीको घटनाहरु मिल्न गएको भनिन्छ ।
भविस्य पुराणमा, यस जम्वुद्विपमा भविष्यमा जिसस, वुद्ध, महावीर, महमद, नुह, शंकराचार्य अकवर, हुमायु औरंगजेवहरुको विभिन्न कालक्रममा जन्मलिएर उनीहरुवाट यी र यस्ता कर्महरु गरिनेछ भनिएका सवै वाँणीहरु तत् तत् रुपमा घटित भएका थिए भनिन्छ ।
वेदव्यासकाे भविश्यवाँणी अनुसार कलियुगमा सत्य,तप,दया विवेक धर्म हराउदै जानेछ र मानिसहरु स्वार्थी लम्पट लोभी हुनेछन् । सोझा मानिसहरु माथी वलियाहरुले शासन गर्ने छन,राजा शासकहरु निर्दयी र लोभी हुनेछन् र धन संग्रहमा लाग्नेछन् । धनआर्जनका लागि मानिसले पतीत कर्महरु गर्न पनि पछाडि पर्नेछैनन । परस्त्री तथा परपुरष गमन, वढ्ने छ र पैसाको लागि पनि मानिसहरु यस्ता व्यवहारमा सरिक हुनेछन् । मानिसहरु श्रम नगर्ने अल्छी, लोभी, पाखण्डी र द्वेसी हुनेछन र मानवता नष्ट हुनेछ, केही भएका साधुजनहरुको काममा वाधा पार्ने छन र उनीहरुलाई अपमान गर्नेछन् । समाजमा केवल धनवालाको शान मान रहनेछ, उनीहरुलाई कुलीन र सदाचारी मानिनेछ । मानिसहरुको मन जतिवेला पनि दुःख कष्टको सम्झनाले व्याकुल भैरहनेछ । प्रकृतिमा खडेरी अतिवृष्टिको प्रतिकुलता रहने छ यसले गर्दा अन्नवाली, दुध, फलफूलको उत्पादन कम हुनेछ, र मानिसहरुले पेट भर्नको लािग अनेक कष्टहरु सहन गर्नुपर्ने छ । मानिसहरु अनेकन ,रोगव्याधीबाट ग्रसित भैरहने छन्, उनीहरुको सौर्य, वल, स्मरणशक्ति क्षिण हुनेछ र आयु २०। ३० वर्षको मात्र हुनेछ, भनिएको छ ।
आगामी दिनको वारे पुराणहरुमा गरिएको भविस्यवाणी र माथी उल्लेखित युवाल नोआह हरारीको पुस्तक ‘होमो देअस’ मा कसरी उच्च प्रविधिको विकास गरी ननअर्गानिक लेसर चिप्स पार्टहरु मानिसको शरीरको अर्गानिक पार्टमा मिश्रण गरी तथा सुचना प्रविधिको उपयोगबाट अति चेतन मानिसमा वदलिनेछन, वा आजको होमो सेपियन्स मानव सुपर ह्युमन होमोडेयसमा वदलिनेछ भनी भविष्यवाणी गरिएको छ । त्यस पुस्तकमा उल्लेखित धेरै अनुमानहरु पुराणहरु संग मिल्ने खालका छन् भने केही फरक छ ।, समानता राख्ने वुँदाहरु तल उल्लेख गरिएको छ :
१ पुराणहरुका अनुसार— कलियुगमा प्रकृतिको वातावरणमा विषमता देखिने छ । खडेरी, अतिवृष्टि समेतको कारणबाट अन्न फलफूलहरुको उव्जाउ कम हुने, गाईहरुले दुध कम दिई अनिकाल पर्नेछ ,मानिसहरु अलपत्र पर्दै आकास हेरेर वस्ने छन यसले गर्दा धेरै मानिसहरु खानाको अभावमा अकालमा मर्ने छन्र भन्ने अनुमान गरिएको छ । हरारीको होमोदेअसका अनुसार नयाँ नयाँ प्रविधिको उपयोगबाट धेरैभन्दा धेरै वस्तु तथा सेवाको उत्पादन गरी आर्थिक लाभलिने प्रतिस्पर्धाको कारण प्राकृतिक श्रोतको अत्याधिक दोहन हुनेछ र यसो गर्दा प्रकृतिमा प्रदुषण तथा ग्लोवल वार्मिङको कारणबाट मानव जीवन तथा सभ्यता वेस्करी प्रभावित हुनसक्ने अनुमान गरेका छन् । विज्ञानले, वनस्पति तथा गाइभैसी आदीको हाइव्रीड जातिको विकास गरी अहिले अन्न फलफूल दुध र माछामासुको उत्पादन धेरै वढी हुन लागेको छ, यसमा पुराणको अनुमान त मिल्दैन तर अहिले लाभ भएता पनि यस्ता उत्पादनको पछि नकारात्मक परिणाम आउन सक्ने चाँही हुनसक्छ तर प्रकृति सम्वन्धी अनुमान चाँही मिलेको देखिन्छ ।
२. धर्म तथा समाजका वारे पुराण —मानिसहरु नित्य नैमित्तिक कर्म,वर्णधर्म, स्नान जप ध्यान यज्ञ गर्न छाड्रने छन् । कोही देखावटीरुपमा मात्र धार्मिक हुनेछन, यसले समाजमा प्रेम सद्भावको सट्रटा छलकपट वढ्ुनेछ, वलियाहरुको राज हुनेछ कमजोरहरु शोषणको मारमा पर्नेछन् भनिएको छ । होमो देअसका अनुसार— कृषिको सुरुवात पछि मानिसहरुले आफ्रनो दुखको हरण र आवश्यकताको पुर्ति गर्र्ने देवी देवताहरुको परिकल्पना गरे । परिकल्पित शक्तिको डरमा समाजमा आज्ञाको पालन गर्न सजिलो भयो यसले धर्मको रुप धारण गर्यो र मानव जीवनको हिस्सा भयो धर्म । जव मानिसका आवस्यक वस्तुहरु आधुीनिक विज्ञान र प्रविधिको उपयोगबाट पुरा हुन थाल्यो तव धर्मको स्थानमा प्रविधि, राष्ट्रियता, राजनीति स्वतन्त्रता आदिको परिकल्पित विषयले स्थान लिदै छ । सवै मानिसहरु सुचना प्रविधिमा आवद्द हुने भएकोले उनीहरुको आदत विचार स्वास्थ्यको अवस्था जस्ता उनका निजी जीवनका सुचनाहरु स्वतःसंग्रह हुदै जाने र यसैबाट भविस्यको मार्गदर्शन हुने हुदा तथ्याँक संकलन तथा यसले स्वतः गर्ने भविष्यवाणी वा डाटा संग्रह मानिसको धर्म हुने अनुमान गरेका छन् हरारीले । संग्रहित निजी सुचनाहरुबाट व्यक्तिको राजनैतिक विचार वा सरकारको समर्थन र विरोध जस्ता कुराहरु र उपभोग वा चाहनाको वारेमा थाहा पाइन सक्ने हुदा उनीहरुलाई तेस्तै खालको उपभोगको विज्ञापन आदीबाट प्रभावित गर्न लाग्नेछन् सेवा प्रदायकहरु, त्यस्तै राजनैतिक दवाव वा प्रभावलाई सहन गर्नुपर्ने हुदा व्यक्तिका सार्वभौम स्वाभिमानमा आँच आउन सक्ने अनुमान गरेका छन् । पुराणमा धर्मको अभावका कारण समाजमा पापाचार वढ्रने भविस्यवाणी गरिए जस्तै हरारी मानिसका डाटाहरुले गर्दा उनीहरु उपर शोषण हुनसक्ने अनुमान गर्दछन् ।
३ पुराणमा आयु तथा आरोग्य— पुराणका अनुसार कलियुगमा मानिसहरु असक्त रोगी दुःखी उदास हुनेछन् उनीहरुको आयु २० ।३० वर्षको हुनेछ, उनीहरुको स्मरण शक्ति, शरीरको ओज व्यक्तित्व कमजोर हुने भविष्यवाणी गरेको छन्, हरारीको यस विषयमा फरक धारणा छ । आगामी दिनहरुमा व्यक्तिको खुसी, स्वतन्त्रता अमरता तथा सुविधा र मानवीय विकासको लागि प्रार्थमिकतामा रहने र प्रचुर पुँजी निर्माणबाट यो सम्भव हुने मान्दछन् । यसका लागि उनी भन्छन उच्च प्रविधिको विकास संगै मानिसको दिमागमा वायोकेमिकल तत्व वदलेर कृतिम खुसीको महशुष गराउने छन् यसै गरी मानिसको डिएनए अदलावदल गरी वंशानुगत रोगहरुबाट मुक्त गर्ने छन् , शरीरकको अर्गानिक पार्टहरुमा ननअर्गानिक चिप्स वा पार्ट जडान गरी धेरै स्मरणशक्ति भएको, धेरै मनोवल र तर्क गर्न सक्ने वा निडर हुने,उसको सीपमा अप्रत्याशित विकास गरी होमो सेपियन्सलाई होमो डेअस वा सुपरम्यान वन्ाउन सक्ने अनुमान गरेका छन्, मानौ देवता जस्तै । शरीरमा रक्त सन्चार गर्ने स्थानमा कृतिम उपकरण राखी मानिसहरुको वुढो हुने प्रकृयालाई ढीलाई गराई आयु वढाउने वा अमर गराउन सकिने भविष्यवाणी गरेका छन । यसमा केही भिन्नताहरु देखिन्छ ।
४ धनसम्पत्ति —पुराणमा,कलियूगमा धन भएका मानिस साधु नेता समाजसेवी धार्मिक देखिनेछन । धनवालाको वोलवाला हुनेछ भनिएको छ । हरारीको — तर्क पनि यो संग मिल्दो देखिन्छ । उनी भन्छन मानिस शारीरिक तथा मानसिकरुपमा सुपरम्यान वन्नको लागि मानिसको शरीरमा अर्गानिक तथा डिएनए परिवर्तन तथा अजैविक तथा जैविक वस्तुको सम्मिश्रण प्रविधि लाई सरकारहरुले व्यवसायिक मान्यता दिने छन् । उच्च प्रविधिेको महंगो यो सेवा केवल धनी मानिसहरुले मात्र लिन सक्षम हुनेछन र उनीहरुनै सुपरम्यान देखिनेछन् समाजमा ।यसले गर्दा समाजको मेलमिलाप शान्तिमा खलल पुर्याउन सक्ने अनुमान गरेका छन् ।
५, गरिवी —पुराणमा कलियुगका धेरै मानिसहरु साधन श्रोत अवसरको अभावमा कष्ट भोग्नेछन भनिएको छ । हरारी—ेभन्छन् —् मानिसले गर्ने मध्येका धेरै कामहरु अत्याधुनिक कृतिम मानव रोवोट, तथा मेशिनहरुलेृ गर्ने हुँदा उत्पादन तथा सेवा क्षेत्रमा धेरै मानिसहरुको रोजगारी गुम्ने छ ,। कम्पुटर तथा सफ्रटवेयरको प्रविधिबाट वैंक कारोवारको प्रविष्टि, टिकट काट्रने कामहरु पनि यस्तै स्वचालित मेशिन तथा उपकरणबाट सम्भव हुने , यस्तै डाटा प्रोशेसिङ गरी भविस्यको योजना वनाउन तथा सम्भावित परिणामहरुको संकेत समेत सफ्रटवेयर आदिबाट पाइने हुदा नीति निर्माण तथा अनुसन्धान गर्ने जनशक्ति पनि थोरै भएर पुग्नेछ । यसरी केही मानिसमात्र रोजगारी भई उनीहरु संगमात्र पैसा हुनेभएकोले उनीहरु मात्र महत्वपुर्ण हुनेछन । वाँकी मानिस वेरोजगार गरिवीको चपेटामा पर्ने नै भए । यसले समाजलाई असन्तुलन गर्न सक्ने तर्क गरेका छन् र त्यसको उपाय पनि सुझाएका छन् ।
६, पुराणमा— अधार्मिक मानिसहरुले धार्मिक भएको अभिनय गर्नेछन् भनिएको छ । होमो देअसमा हरारी भन्दछन् —, धार्मिक आस्थाको स्थानमा राष्ट्रियता, राजनीति, पुजीवाद स्वतन्त्रता जस्ता परिकल्पीत नयाँ विचारहरुले स्थान लिएता पनि केही वाठा टाठा मानिसहरुले प्रविधिको उपयोग गरी आफ्रनो लाभका निमित्त धार्मिक भएर प्रस्तुत हुनेछन् । विभिन्न उपया प्रयोग गरेर आफनो राजनैतिक तथा अन्य लाभलिनको लागि मानिसहरु कुनै कुनै उपाय गरेर आँफु धार्मिक नेता भएको अभिनय गर्न सक्षम हुनेछन्
७ खुसी र अमरता— पुराणमा मानिसहरु आत्मज्ञान सम्पन्न भएपछि मात्र स्थायी खुसी तथा अमर हुने,मोक्ष हुने विश्वास गरिन्छ तर होमो देअसमा व्यकितगत स्वतन्त्रतामा नै मानिसहरुको खुसी दिनको लागि प्रार्थमिकता राखिन्छ र दिइन्छ पनि । स्वतन्त्र वातावरणमा पुँजी निर्माण तथा लाभको प्रतिस्पर्धाले गर्दा व्यक्तिको खुसी वढाउने, उमेर वढाई अमर वनाउने प्रयत्न समेत हुने गर्दछ र प्रविधिको विकास संगै शरीरमा विभिन्न उपकरण तथा तत्व प्रत्यारोपणबाट खुसी गराउने तथा धेरै वाँच्न सक्ने अमर वनाउन प्रयत्न गरिने अनुमान गर्दछन हरारीले ।
पुराणमा आगामी हजारौ वर्षको भविष्यको अनुमान गरिएको हो भने युवाल नोह हरारीले आगामी सय दुईसय वर्षको मात्र हो ।
संक्षिप्त तुलनात्मक यस लेखमा कितावको मर्म संग मेल नखाने कुनै सन्दर्भ पर्न गएको भए सुझावको अपेक्षा गर्दछु ।
(सन्दर्भ श्रोत— विकिपिडिया तथा युवाल नोआह हरारीका पुस्तक र सो सम्वन्धि अनलाइन लेखहरु तथा समीक्षा, homo-deus )
लेखक अर्याल सेवा निवृत्त सरकारी अधिकृत हुनुहुन्छ, उहाँलाई सामाजिक सञ्चालमा समेत भेट्न सकिन्छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…