स्याङ्जाका क्रियाशिल पत्रकार पराजुली सम्मानित
स्याङ्जा : दुई दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार हिमलाल पराजुली सम्मानित हुनुभएको छ । ढोरपाटन दैनिकको १८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार पराजुलीलाई सम्मानपत्र र नगदले सम्मान गर्नुभएको हो । पत्रकार पराजुली दुई दशकदेखि स्याङ्जामा क्रियाशिल पत्रकारिता गर्दै आउनुभएको छ ।
हाल पराजुली रासस स्याङ्जा संवादाता, जनता टेलिभिजन र ढोरपाटन दैनिकमा काम गर्दै आउनुभएको छ । प्रेस चौतारीका पुर्व अध्यक्ष समेत रहनुभएका पराजुली हाल प्रेस संगठनको प्रदेश सदस्य हुनुहुन्छ । पुरस्कारको राशि सम्मानपत्र सहित १५ हजारको रहेको छ । सम्मानले पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउन प्रेरित गरेको पराजुलीले बताउनुभयो ।
.

समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


