गुल्मीको रुरुक्षेत्रमा पहिरो, एकै परिवारका चार जनाको ज्यान गयो ।

गुल्मी : रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटामा पहिरोमा परेर एकै परिवारका चार जनाकाे ज्यान गएकाे छ ।

पहिरोमा परेर बिना माझी,  उहाँका दुई  छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयाे । 

बिनाका​ श्रीमान राजु बाेटे  (माझी ) भने रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । प्रहरी टाेली घटनास्थल जाँदै गरेकाे इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । फाईल तस्विर

Facebook Comments Box
TOP