लैङ्गिक अवधारणा र पशुपालनमा यसको महत्व ।

सुशिल अर्याल :
भूमिकाः
सामान्य भाषामा लिङ्ग (Sex) भन्नाले प्राकृतिक शारिरीक बनावट(Biological characters)को आधारमा पुरुष महिलालाई छुट्याउने भन्ने बुझिन्छ तर लैङ्गिक (Gender) को कुरा गर्ने होे भने यसले महिला वा पुरुष दुवैलाई जनाउंदैन । यसले विकासको सन्दर्भमा पुरुष र महिला विचको सामाजिक सम्बन्ध (Social relation of gender) लाई जनाउंदछ । अर्को अर्थमा भन्ने हो भने कुनै खास समूदायमा हुने पुरुष र महिलाको सामाजिक संस्कारको भूमिका लाई जनाउंदछ । यसर्थ लिङ्ग (Sex) भन्नाले प्राकृतिक लिङ्ग र लैङ्गिक (Gender) भन्नाले सामाजिक लिङ्ग बुझाउने गरि शब्दलाई प्रयोग गरिएको पाईन्छ ।
सामाजिक लिङ्ग :
समुदायले सामाजिक, सांस्कृतिक आधारमा महिला र पुरुषको भूमिका निर्धारण गरि अधिकार र बन्देज लगाएको हुन्छ भने यसेैलाई सामाजिक लिङ्ग भनिन्छ अर्थात यसलाई सामाजिक लिङ्गभेद नै सामाजिक लिङ्ग हो भनेर पनि भन्न सकिन्छ ।
लिङ्ग भेदः
लिङ्ग भेद भन्नाले समाजमा प्राकृतिक लिङ्गको आधारमा महिला र पुरुष विच हुने सामाजिक भेदभाव र पक्षपातीपूर्ण व्यवहार नै लिङ्ग भेद हो । हाम्रो समाजमा अझ पनि लैङ्गिक समानताको अवधारणालाई मूर्त स्वरुप प्रदान गर्न बनेको संविधान र कानुनलाई हाम्रो समाजको समाजिक संस्कार तथा रुढीवादले बढि प्रभाव पारेको देखिन्छ । पुरुष र महिला विचको समानता र असमानताको द्वन्दको विउ नै हाम्रो समाजको सामाजिक व्यवहार हो ।
लिङ्ग भेदलाई सहयोग पु¥याउने केहि नेपाली उखानहरुः
हाम्रो समाजमा प्रयोग हुने गलत सोचाई र व्यवहारले पनि पुरुष र महिला विचको फाटो उत्पन्न गर्नमा सहयोग गरेको छ ।
१. छोराहरु हिरा छोरीहरु किरा
२. ढिलै होस् छोरा होस्
३. थोती हाँसेको र पोथी बासेको राम्रो देखिन्न
४. छोरीको जन्म हारेको कर्म
५. छोरा पाए खसी छोरी पाए फर्सी
६. जसको भैंसी उसको बन, जसको छोरा उसको धन
७. छोरा रुन्छ यहाँ यहाँ, छोरी रुन्छे त्यहाँ त्यहाँ
८. छोरी मरी गालै टरी
९. खुट्टा भए जुत्ताको के खांचो
१०. उसै त बुहारी भटमास खाएकी
११. आईमाईको सल्ला खरानीको डल्ला
समाज उत्थानमा लैङ्गिक समताको महत्व :
समाजको विकासमा पुरुष र महिलाको समान सहभागीता हुन सकेको खण्डमा मात्र विकासको कल्पना गर्न सकिन्छ । यसको लागि शिक्षा, स्वास्थ्य, राजनीति, रोजगार, आयआर्जन जस्ता पक्षमा बराबरी सहभागीता हुनु जरुरी देखिन्छ । यसको लागि पछाडि परेका महिलाहरुलाई केन्द्रित गरेर शिक्षा, तालिम तथा सीप विकास जस्ता कार्यक्रमहरु संचालन गर्नु पर्ने देखिन्छ ।
समताको लागि महिलाहरुमा निम्न कार्यहरु हुनु जरुरी देखिन्छ ।
महिला सशक्तिकरण ।
क्षमता अभिबृद्धि ।
चेतनाको विकास ।
पहुंचमा बृद्धि ।
अवसरको उपलव्धता ।
समाजमा महिला सशक्तिकरणले महिला समस्याहरुमा विजय प्राप्त गर्नमा सहयोग गर्दछ । यसको लागि महिलाहरुलाई पनि श्रोतहरु (जमिन, पानी, जंगल, परिश्रम, ज्याला, सीप, ज्ञान, सूचना र आर्थिक संचालनमा नियन्त्रण गर्ने मौैका दिनु पर्दछ । जसले गर्दा विस्तारै उनीहरुमा बुद्धि, ज्ञान, सीप, नयाँ काम गर्ने क्षमता, आत्म विश्वास, आफै गर्छु भन्ने भावना, पक्का गर्न सक्छु भन्ने भावना र उत्प्रेरणामा बृद्धि हुन जान्छ ।
लैङ्गिक अवधारणा :
यसले महिला र पुरुषको समान सहभागीता र विकासले मात्र समाजको विकास संभावना हुन्छ भन्ने कुरालाई मानयता राख्दछ ।
- लैङ्गिक अवधारणाले नीति निर्माता, योजना विद तथा विकासे कार्यकर्ताहरुको ध्यानलाई देशको विकास प्रकृयामा पुरुष र महलिा दुबैलाई एकैसाथ ल्याउने तर्फ ध्यान आकर्षण गर्दछ ।
- लैङ्गिक अवधारणाले सामाजिक सोचाई, अन्धविश्वासका संस्कार तथा आर्थिक सम्बन्धि जस्ता विषयमा महिला र पुरुष विच देखिएको भूमिका सम्बन्धि र भिन्नता बारेमा गहिरिएर कार्य गर्दछ ।
- समाजद्वारा स्वीकृत तथा सामाजिक मान्यता र प्रचलनमा आधारित श्रम विभाजनलाई जोड दिने ।
- समाजको प्रत्येक कार्यमा प्रत्येक व्यक्तिको संलग्नता हुनु पर्ने ।
- लिङ्गको आधारमा महिला र पुरुषलाई भनेर होईन सामाजिक आवश्यकताअनुसार सामाजिक कार्यको भूमिका दिने ।
- महिला र पुरुष विचको सामाजिक असमानतालाई हटाउन पुरुषहरुको महिला प्रतिको दृटिकोण सकारात्मक र सहयोगी हुनु पर्ने साथै भावनात्मक परिवर्तन हुनु पर्ने ।
- हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागीताले नै असल र सन्तुलित सामाजिक सम्बन्धको स्थापना हुन्छ भन्ने तथ्यलाई मान्यता दिने ।
पशुपालनमा लैङ्गिक समता बढाउने उपाय :
मुलुकको विकासमा जनशक्तिको मुख्य भूमिका रहेको हुन्छ । जनशक्ति नै देशको मूख्य आधार बनेको बिकासोन्मूख देशमा यस किसिमको भेदभावले विकासको सम्पूर्ण प्रकृयामा गतिरोध सृजना हुने देखिन्छ । हाम्रो मुलुकमा पशुपालन कार्यमा महिलाहरुको लगभग ७० प्रतिशत योगदान रहेको छ तापनि आर्थिक पक्षमा महिलाहरुको भूमिका भने बहुतै कम देखिन्छ ।
यसकारण महिलाहरुको पशुपालनमा समता बढाउन निम्न कार्यहरु गर्न सकिन्छ ।
महिलाहरुलाई पशुपालन समूहहरुमा बढि भन्दा बढि सहभागी गराउने ।
महिलाहरुलाई समूहमा नेतृत्वको जिम्मेवारी दिने ।
समूहमा महिलाहरुलाई निर्णय गर्ने अधिकार दिने ।
पशुहरु तथा पशु जन्य पदार्थहरुको विक्री वितरण कार्यमा पनि महिलाहरुलाई निर्णय गर्ने अधिकार दिई आर्थिक जिम्मेवारी समेत दिने ।
लैङ्गिक अवधारणाले महिला र पुरुष दुवैलाई बराबर रुपमा हेरि पहिचान गर्दछ । महिला तथा पुरुष दुवैलाई विकासको प्रकृयामा समावेश गर्दछ । विकासको प्रकृयाले लैङ्गिक भेदभाव नराखि समाजको सबै सदस्यहरुलाई उनीहरुको आवश्यकता अनुसार कार्यमा संलग्न गराउंदछ ।
समाप्त
(लेखक अर्याल गल्याङ नगरपालिकाकाे पशु सेवा शाखाकाे प्रमुख हुनुहुन्छ ।)
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…